बढुवा भएका ७५ डीएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

बढुवा भएका ७५ डीएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • बढुवा भएका ७५ डीएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीमा हालै बढुवामा भएका ७५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको पदस्थापन गरिएको छ । गृहसचिवस्तरीय फागुन २ गतेको निर्णय अनुसार बढुवा भएका उनीहरूको सोमबार पदस्थापन गरिएको हो । उनीहरूले आइतबार दर्ज्यानी चिह्न लगाएका थिए । 

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गरेको पदस्थापनको निर्णय अनुसार पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ ।

    यसैगरी मिलन बस्नेतलाई प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेपलाञ्चोक पदस्थापन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काज सरुवा गरिएको छ ।

    हेर्नुहोस् सूची :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij