भारतमा बी–टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु, सबै विद्यार्थीलाई घर फर्काइयो

भारतमा बी–टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु, सबै विद्यार्थीलाई घर फर्काइयो

सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • भारतमा बी–टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु, सबै विद्यार्थीलाई घर फर्काइयो

    काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छिन् । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।

    भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि केआईआईटी बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेकी हुन् । साँझ ४– ५ बजे आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको र तुरुन्तै उनलाई किम्स अस्पताल लगिएको जनाइएको छ । 

    कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत् थिए । लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।

    आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । यद्यपि, मृत्युको यकिन कारण पोष्टमार्टम जाँचपछि मात्र थाहा हुनेछ ।

    शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको बताइएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij