कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा रुपन्देहीका ३ जनाको मृत्यु

कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा रुपन्देहीका ३ जनाको मृत्यु

सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा रुपन्देहीका ३ जनाको मृत्यु

    काठमाडौं । भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन् । 

    कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । 

    दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।  दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।

    घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij