काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ। अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिको फागुन ४ गतेको निर्णयानुसार ५ जनाको नाम सर्टलिस्ट गरिएको हो।
सर्टलिस्टमा पर्नेमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् ।
सर्ट लिष्टमा पर्ने उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ताको लागि २०८१ फागुन १० गते दिउँसो २ बजे बोलाइएको छ ।