काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार म : म पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेका छन् ।
उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो । योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि, सोही घटनामा घाइते भएका उदयपुरगढी–७, उदयपुरका २२ वर्षीय प्रदीप तामाङको शुक्रबार मृत्यु भएको थियो।
त्यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को सोमबार उपचारका क्रममा मृत्यु भएको थियो।
अन्य घाइतेको उपचार जारी छ ।