नयाँ दिल्लीको रेल स्टेशनमा भागदौड हुँदा १५ को मृत्यु, कैयौँ घाइते

नयाँ दिल्लीको रेल स्टेशनमा भागदौड हुँदा १५ को मृत्यु, कैयौँ घाइते

आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • नयाँ दिल्लीको रेल स्टेशनमा भागदौड हुँदा १५ को मृत्यु, कैयौँ घाइते

    काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । आइतबार बिहानको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । 

    लोकनायक अस्पताल (एलएनजेपी) अस्पतालकी सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको जनाइएको छ । 
     
    भागदौड मच्चिएपछि भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ। 

    ती घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ ।  भागदौड के कति कारणले मच्चिएको हो भन्ने बारेमा भने केही पनि थाहा हुन सकिरहेको छैन । त्यस समयमा किन त्यसो हुन पुग्यो भन्ने बारेमा आफूले खोजी जारी राखेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij