पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो, अब कति पर्छ ?

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो, अब कति पर्छ ?

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो, अब कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै डिजेल तथा मट्टितेलको मूल्य भने घटेको जनाएको छ ।

    आयल निगमकाे सुचना अनुसार पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँ बढेकाे छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको निगमले जनाएको छ ।

    निगमले इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार शनिबार पेट्रोलको मुल्य ५८ पैसा बढेर आएको थियाे । डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij