काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार दिउँसो मध्यपहाडी लोकमार्गको रुकुमपूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग. १ क. ६१८९ को टिप्पर निसीखोला गाउँपालिका –६ लामिडाँडामा दुर्घटना हुँदा गुल्मीको इस्मा गाउँपालिका –३ का अन्दाजी ४७ वर्षीय चालक कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएकाे छ ।
दुर्घटनाग्रस्त टिप्पर सडकदेखि अन्दाजी दुई सय मिटर तल खसेको थियाे । दुर्घटना भएको खबर पाएलगत्तै प्रहरीचौकी निसी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।