उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्याइए अर्थमन्त्री पौडेल र मेयर आचार्य

उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्याइए अर्थमन्त्री पौडेल र मेयर आचार्य

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्याइए अर्थमन्त्री पौडेल र मेयर आचार्य

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

    पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए । लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । 

    पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ । अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको हो ।

    अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij