सत्ता साझेदार दलको बैठक : ६ फागुनमा बस्ने संसद बैठकको कार्यसूचीमा अध्यादेश चढाउने सहमति

सत्ता साझेदार दलको बैठक : ६ फागुनमा बस्ने संसद बैठकको कार्यसूचीमा अध्यादेश चढाउने सहमति

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • सत्ता साझेदार दलको बैठक : ६ फागुनमा बस्ने संसद बैठकको कार्यसूचीमा अध्यादेश चढाउने सहमति

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सरकारले जारी गरेका अध्यादेश स्वीकृतका लागि आगामी ६ गतेको संसद बैठकको कार्यसूचीमा चढाउने भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकका अनुसार अध्यादेशलाई सहमतिमै टुंग्याउने गरी ६ गतेको बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनमा पेस गर्ने सहमति बैठकमा भएको हो ।

    सबै राजनीतिक दलहरूकाे सहमतिमा उक्त निर्णय भएकाे उनले बताए । राष्ट्रिय सभाको ६ गतेकाे बैठककाे कार्यसूचीमा अध्यादेश स्वीकृत हुने प्रक्रिया अगाडि बढ्ने लेखकले बताए ।

    शनिवार बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकारात्मक रूपमा टुङ्गिएको गृहमन्त्री लेखकको भनाइ छ ।

    अध्यादेश स्वीकृत गर्दा बहुमत पुग्ने गरी छलफल भएको पनि गृहमन्त्री लेखकले दाबी गरे । 

    भूमि सम्बन्धी अध्यादेशको विषयमा प्रतिस्थापन विधेयक ल्याउँदा सबैका मुद्दा र भावना समेट्ने गरी छलफल अघि बढेको पनि गृहमन्त्री लेखकले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij