पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । शनिबार पोखरा रङ्गशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा मेयर आचार्य र अर्थमन्त्री पौडेल घाइते भएका हुन् ।

    इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा बेलुन फुट्दा आगोको लप्काले लागेर उनीहरू घाइते भएको जनाइएको छ । उनीहरू दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij