७ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

७ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • ७ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

    काठमाडौं । आज (शनिबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस कायम भएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको हो । 

    यसअघि आजै बिहान ५:४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम तापक्रम पछिल्लो हो । 

    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रमचाहिँ १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ । 

    हिजो शुक्रबार भने काठमाडौं उपत्यकाको अधिकतम २०.६ तथा न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियाे । 

    मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij