महाकुम्भमा स्नान गर्न गएका १० जनाको मृत्यु, १९ जना घाइते

महाकुम्भमा स्नान गर्न गएका १० जनाको मृत्यु, १९ जना घाइते

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • महाकुम्भमा स्नान गर्न गएका १० जनाको मृत्यु, १९ जना घाइते

    काठमाडौं । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

    बोलेरो र बसबीच भीषण ठक्कर भएको छ, जसमा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

    बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा आएको छ । अहिले घाइतेहरुलाई अस्पताल लगिएको छ ।

    जानकारी अनुसार मेजाको प्रयागराज–मिर्जापुर राजमार्गमा शुक्रबार राति यो घटना भएको हो । यहाँ भक्तजन बोकेको बोलेरो र बोलेरो बस एक आपसमा ठोक्किँदा बोलेरोमा सवार १० भक्तजनको घटनास्थलमै ज्यान गएको हो । ती सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेको र संगम स्नान गर्न जाँदै गरेको बताइएको छ ।

    अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । यी मानिसहरू संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। घाइते सबैलाई सीएचसी रामनगरमा भर्ना गरिएको बताइएको छ । बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij