शानदार मःम ग्याँस विस्फोट : अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे

शानदार मःम ग्याँस विस्फोट : अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • शानदार मःम ग्याँस विस्फोट : अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे

    काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।

    उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको आज उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए । 

    उनका अनुसार तामाङको अपराह्न कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

    गत बिहीबार कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस चुहिएर आगलागी हुँदा ११ जना घाइते भएका थिए । अहिले आठ जनाको सोही अस्पतालमा उपचार जारी छ ।  

    यसअघि सोमबार मकवानपुरको मनहरि गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर ९नवीन० को उपचारका क्रममा निधन भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij