काठमाडौं । साढे चार किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकाबाट शुक्रबार दिउँसो चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती बोहरा र बझाङको केदारस्यु गाउँपालिका–७ भान्चौरका ४६ वर्षीय घोडे धामी रहेका छन् ।
बोहरालाई बडैपुर र धामीलाई अत्तरियाबाट पक्राउ गरिएको हो । बोहराले बडैपुरमा सञ्चालन गरेको नास्ता पसलमा खाटमुनी कालो प्लाष्टिकमा लुकाएको अवस्थामा एक किलो ६६५ ग्राम चरेससहित पक्राउ गरिएको जनाइएको छ ।
यस्तै, बझाङका धामीलाई गोदावरी नगरपालिका–३ को चौकिडाँडाबाट पक्राउ गरिएको हो । मालाखेती अस्पताल जाने सडकमा हिडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा धामीलाई २ किलो आठ सय ६० ग्राम चरेससहित पक्राउ गरिएको जनाइएको छ ।
उनीहरु दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।