बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

    काठमाडौं । यहाँस्थित बबरमहलमा फुटेको पाइप मर्मत गरिएको छ । मर्मत सम्पन्न गरी पानी वितरण सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

    केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत्का तारहरु भूमिगत गर्न खन्ने क्रममा बुधबार बबरमहलमा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो ।

    बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij