बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई पक्राउ गरेको हो ।

    १४ वर्षीया ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

    सोही उजुरीको आधारमा प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो चन्द्रप्रसालाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij