काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परिक्षाको तालिका सार्वजानिक गरेको हो ।
बोर्डका अनुसार साधरण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परिक्षा २०८२ बैशाख ११ गते शुरु भइ २४ गते सकिनेछ ।

