के कारणले फुट्यो बबरमहल क्षेत्रमा खानेपानीको पाइप ?

के कारणले फुट्यो बबरमहल क्षेत्रमा खानेपानीको पाइप ?

बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • के कारणले फुट्यो बबरमहल क्षेत्रमा खानेपानीको पाइप ?

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताएका छन् ।

    विद्युत्का तारहरू जमिनमा बिछ्याउनका लागि खन्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मन्त्री यादवले बताए । 

    सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले भने, “विद्युत् प्राधिकरणले सधैँ हामीसँग समन्वय गर्दै आएका थियो । यसपटक समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।” 

    मन्त्री यादवले पाइपलाइन तत्काल मर्मत गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताए । उनले भने, “फुटेको पाइप चाँडै मर्मत गरी पानी पठाउने छौँ ।”

    काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले पानी बन्द हुनासाथ फुटेको पाइप मर्मत गरी सेवा सञ्चालन गरिने जानकारी दिए । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij