ग्यास व्यवसायीको जायज माग १५ दिनभित्रै सम्बोधन हुने, आन्दोलन स्थगित

ग्यास व्यवसायीको जायज माग १५ दिनभित्रै सम्बोधन हुने, आन्दोलन स्थगित

बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • ग्यास व्यवसायीको जायज माग १५ दिनभित्रै सम्बोधन हुने, आन्दोलन स्थगित

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन स्थगित गरेको हो ।

    सङ्घले लागत अनुसारको बजार मूल्यवृद्धि गर्नुपर्ने लगायत विभिन्न १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको थियो । छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीले व्यवसायीका जायज माग थप अध्ययन गरी १५ दिनभित्र पूरा गर्ने बताएपछि १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हाे ।

    ग्यास व्यवसायी हिजाेदेखि चरणबद्ध आन्दोलनमा थिए । आउँदाे फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरूले घोषणा गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij