साँखुमा स्कुल बस दुर्घटना तीन जनाको मृत्यु, तीन दर्जनबढी घाइते

साँखुमा स्कुल बस दुर्घटना तीन जनाको मृत्यु, तीन दर्जनबढी घाइते

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • साँखुमा स्कुल बस दुर्घटना तीन जनाको मृत्यु, तीन दर्जनबढी घाइते

    काठमाडौं । काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर तीन जना विद्यार्थीको मृत्यु भएको छ । 

    चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) एकेडेमीको बा२ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो । नगरकोटमा पिकनिक मनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् ।  दुर्घटनामा केही व्यक्ति मृत्यु भएको हुनसक्ने आशंका छ ।

    प्रहरीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको छ । घुम्तीमा नमोडीकन बस सोझै कान्लाबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij