काठमाडौं । जुम्लामा लगातार भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ः३८ बजे दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्प ४.१ म्याग्निच्युड मापन गरिएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
यसअघि आजै बिहान ११ः ५६ बजेर जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो ।