काठमाडौं । मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् ।
बबरमहलस्थित विशेष अदालत अगाडि पाइप फुटेको हो । वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।
यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।



