फागुन ४ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

फागुन ४ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • फागुन ४ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

    काठमाडौं । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम  प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए । 
     
    सभामुख घिमिरेले भने, “प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु ।” 
     
    सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराएका थिए। प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार अपराह्न दिनको १ बजे बस्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij