एचपीभी खोप अभियान : छैठौं दिनसम्म १० लाखभन्दा बढीले लगाए खोप

एचपीभी खोप अभियान : छैठौं दिनसम्म १० लाखभन्दा बढीले लगाए खोप

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • एचपीभी खोप अभियान : छैठौं दिनसम्म १० लाखभन्दा बढीले लगाए खोप

    काठमाडौं । देशभर एचपीभी खोप १० लाखभन्दा बढीले लगाएका छन् । अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । 

    सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको थियो । अभियान फागुन ६ गतेसम्म जारी रहने छ । देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८ हजार ७६ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ । 

    एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा बढी मृत्युको कारक पनि यही क्यान्सर हो । 

    औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यसमध्ये ४ जनाको मृत्यु हुने गरेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेकाले सरकारले एचपीभी खोप अभियान अघि सारेका हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij