दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरुः गुणस्तर निरीक्षण

दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरुः गुणस्तर निरीक्षण

५ करोड १५ लाख रुपैयाँ लागतमा काम हुँदै

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरुः गुणस्तर निरीक्षण

    काठमाडौं । दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड बिछ्याउने काम थालिएको छ। योसँगै आज महानगरको अनुगमन समितिले कामको निरीक्षण गरेको छ।

    निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरका उपप्रमुख सुनिता डंगोलले ग्रेनाइड सेटिङ्को निरीक्षण गर्दै पैदल मार्ग पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखको संरक्षणका विषयमा अधिकारीसँग जिज्ञासा राखेकी थिइन्।

    त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नहुने बताए।

    नारायणहिटी संग्रहालयअगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदै छ। सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ। 

    सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि व्रिक सोलिङ गरिएको छ। पिसिसी ढलान गरिएको छ। त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ। यो १६ एमएमसम्मको हुनेछ। 

    सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रा.लि.ले काम गरिरहेको हो। २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको हो। योजनाको अवधि यही माघ मसान्तसम्मसम्म हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij