चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु

चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु

    काठमाडौं ।  चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा एक जना युवकले ज्यान गुमाएका छन् । गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो ।

    एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  झडपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल (केएमसी) लगिएको थियो ।

    त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए । भडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ रहेका छन् । 

    सोही घटनाका अर्का एक जना भने फरार छन् । फरार रहेका व्यक्तिको ट्र्याकिङ भइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij