पूर्वीनाकाबाट ६ महिनामा साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

पूर्वीनाकाबाट ६ महिनामा साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • पूर्वीनाकाबाट ६ महिनामा साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

    भद्रपुर  । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । 

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया ६ अर्ब ८२ करोड रुपैयाँ, अलैँची ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ, प्लाइ तथा भेनियर १ अर्ब ९१ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको उनले बताए । 

    यस्तै, अदुवा २६ करोड १३ लाख रुपैयाँ, अम्लिसो ४९ करोड ७४ लाख रुपैयाँ, बन्दा ८ करोड १७ लाख रुपैयाँ, जडीबुटी २ करोड ६३ लाख मसुरो दाल एक रोड ५५ लाख मूल्यको निर्यात भएको छ ।  सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट १ अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए । 

    आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १० करोड ९५ लाख ६८ हजार, चामल रु तीन करोड तीन लाख, ताजा तरकारी १८ करोड २३ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । 

    यसैगरी ताजा फलफूल २० करोड १८ लाख रुपैयाँ, लसुन ६१ करोड ७५ लाख रुपैयाँ, आलु २१ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij