नुवाकोटमा इभी माइक्रोको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ

नुवाकोटमा इभी माइक्रोको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • नुवाकोटमा इभी माइक्रोको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ

    काठमाडौं । माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबसले जिल्लाको लिखु गाउँपालिका–५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका–५ रसुवाका पुरुषोत्तम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया–५ का २५ वर्षीय प्रमोद थापा उपचार भइरहेको छ । माइक्रोबसका चालक विदुर नगरपालिका–४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij