पाथीभरा केबलकार विवाद : उच्चस्तरीय वार्ता टोली गठन गर्न गृहमन्त्रीसँग आन्दोलनरत पक्षको माग

पाथीभरा केबलकार विवाद : उच्चस्तरीय वार्ता टोली गठन गर्न गृहमन्त्रीसँग आन्दोलनरत पक्षको माग

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • पाथीभरा केबलकार विवाद : उच्चस्तरीय वार्ता टोली गठन गर्न गृहमन्त्रीसँग आन्दोलनरत पक्षको माग

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

    सोमबार साँझ गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए ।

    यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच आइतबारभएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि सोमबार गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरिएको हो ।

    भेटमा नेकपा एमालेका सचिव योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो । 

    मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताएका थिए । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको थियाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij