घनश्याम उपाध्यायले पाए अर्थ सचिवको जिम्मेवारी, कता पुगे अर्थका घिमिरे ?

घनश्याम उपाध्यायले पाए अर्थ सचिवको जिम्मेवारी, कता पुगे अर्थका घिमिरे ?

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • घनश्याम उपाध्यायले पाए अर्थ सचिवको जिम्मेवारी, कता पुगे अर्थका घिमिरे ?

    काठमाडौं । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव डा. रामप्रसाद घिमिरेको सरुवा गरेको हो । 

    निर्णय अनुसार अर्थ मन्त्रालयको सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत घनश्याम उपाध्यायलाई ल्याइएको छ।

    त्यस्तै अर्थमन्त्रालयका सचिव घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद दुवाडीलाई अख्तियारमा पठाइएको छ ।

    साथै, मन्त्रिपरिषद बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij