बराहक्षेत्रमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

बराहक्षेत्रमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • बराहक्षेत्रमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

    काठमाडौं । बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

    आज चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभुमी गाउपालिका–१ का २५ वर्षीय समर राई गम्भीर घाइते भएका थिए ।

    घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएकाे छ । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ । 

    ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij