अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

    हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र ८१ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएकाे छ । 

    स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij