काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको भन्दै जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।
जोशी गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष एवं सञ्चालक हुन् भने लामिछाने प्रबन्ध निर्देशक हुन् ।