‘नो केवलकार समुह’ ले गर्यो थप आन्दोलनकाे घोषणा

‘नो केवलकार समुह’ ले गर्यो थप आन्दोलनकाे घोषणा

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • ‘नो केवलकार समुह’ ले  गर्यो थप आन्दोलनकाे घोषणा

    काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

    सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन पनि सरकार इमान्दार नभएको उनीहरुले बताएका छन् ।  

    २२ गते भएको वार्ताअनुसार हिजो  दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम आफूहरु मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै उनीहरुले हिँडेपछि छलफल भाँडिएको थियो ।

    उनीहरुले साँझसम्मको समय दिएर मन्त्री वा उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न अल्टिमेटम दिएका थिए । सरकारले उक्त माग बमोजिम वार्ता टोली गठन नगरेपछि थप आन्दोलनको घोषणा गर्नु परेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij