भीमफेदीमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालनमा

भीमफेदीमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालनमा

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • भीमफेदीमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालनमा

    काठमाडाैं । भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटेस्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी दुर्घटना आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको हो । 

    दुर्घटनापछि उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको छ । ग्यास बुलेट पल्टिएको रोडको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको जनाइएकाे छ । 

    ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने भएकाे छैन । चालकले बाटो बिराउँदा गलत बाटो गएको र साँघुरो बाटो र अप्ठ्यारो भूगोलका कारण बुलेट दुर्घटना भएको हुनसक्ने जनाइएकाे छ । 

    उनले पल्टिएको ग्यास बुलेट उठाउन अझै केही समय लाग्ने र उक्त अवधिमा हेटौँडाबाट उक्त सडक खण्ड हुँदै काठमाडौँ जाने सवारी साधनहरूलाई कान्तिलोक पथ वा चितवनतर्फको बाटो प्रयोग गर्न मकवानपुर प्रहरीले आग्रह गरेकाे छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij