भक्तपुर। भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका-७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको छ ।
घाईतेहरुलाई वीर अस्पताल ट्रमा सेन्टर,विरेन्द्र प्रहरी अस्पताल एवम बाँसबारी स्थित न्युरो अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ भने घाईतेहरु मध्य ३ जना गम्भीर घाईते, ११ जना सामान्य उपचार पश्चात् घर पठाईएको र बाँकी घाईतेहरु उपचारर्थ रहेका छन् ।
यस्तो छ घाइतेको सूची :
साइबाबा अस्पताल धार्के धादिङमा उपचारार्थ घाइते:-
१) बस चालक जि.दोलखा बस्ने वर्ष ३६ को जित ब.मगर
बाँसबारी न्युरो अस्पताल काठमाडौँमा उपचारार्थ घाइते:-
१) जिल्ला ललितपुर बस्ने वर्ष ५३ कि शान्ता अधिकारी
२) जिल्ला काठमाडौँं जोरपार्टी बस्ने वर्ष ६८ कि जानुका हुमागाईँ
३)जि.काठमाडौँं जोरपाटी बस्ने शिव प्रसाद हुमागाईँ
४)जि.काठमाडौँं जोरपाटी बस्ने वर्ष ४२ को समिता हुमागाईँ,
५)जि.ललितपुर महालक्ष्मी बस्ने वर्ष ४६ कि पबित्रा रावत
नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौँमा उपचारार्थ घाइते:-
१)जि.दोलखा बस्ने वर्ष ५० कि राधिका काफ्ले
२)जि.काठमाडौँं जोरपाटी बस्ने वर्ष २८ कि सबिना काफ्ले
३)जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जि.भक्तपुर सुर्यविनायक न.पा.३ बस्ने वर्ष ५५ को पुर्व प्र.स.नि.कृष्ण प्रसाद काफ्ले
४) जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जि.भक्तपुर सुर्यविनायक न.पा.३ बस्ने हाल ने.प्र.प्र.का नक्सालमा कार्यरत कार्यालय सहयोगी वर्ष ४४ कि सावित्री ढकाल
५) जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा.५ बस्ने पुर्व प्र.स.नि सूर्य प्रसाद काफ्ले
६)जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा.५ बस्ने गोमा काफ्ले
७) जि.भक्तपुर सूर्य विनायक बस्ने धिरज काफ्ले
८) चमेली भण्डारी
९) राम चौलागाई
ट्रमा सेन्टर काठमाडौँमा उपचारार्थ घाइते:-
१)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने वर्ष २६ कि जमुना काफ्ले
२)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने वर्ष ३८ कि अम्बिका काफ्ले
३)जि.दोलखा बस्ने वर्ष ५२ कि डण्डापानी काफ्ले
४)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने वर्ष अं.८३ को नर ब.ओली
५) जि.भत्तपुर सूर्य विनायक बस्ने गिता भण्डारी
६) जि.भत्तपुर सूर्य विनायक बस्ने वर्ष ५० कि मैना नेपाल
७) जि.ललितपुर बस्ने वर्ष ४५ को नारायण प्र.अधिकारी
८) जि.दोलखा तामाकोशी गा.पा.१ बस्ने वर्ष ३१ को हरी प्र.काफ्ले
उपचारको लागी काठमाडौँ पठाएको तर हालसम्पर्कमा नभएकाे रामेछाप मञ्थली न.पा.बस्ने वर्ष २७ को (सह चालक) बिमोचन सापकोटा रहेका छन् ।