काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ७५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।