चाँगुनारायणबाट साँखु फर्किए माधवनारायणका व्रतालु

चाँगुनारायणबाट साँखु फर्किए माधवनारायणका व्रतालु

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • चाँगुनारायणबाट साँखु फर्किए माधवनारायणका व्रतालु

    काठमाडौं । चाँगुनारायणको परदेश यात्रामा निस्केका साँखुस्थित शालीनदी माधवनारायणको एक महिने व्रत गरिरहेका व्रतालु स्नान, पूजा आराधनागरी फेरि साँखु फर्किएका छन् । 

    प्रत्येक वर्ष माघशुक्ल द्वादशीका दिन व्रतालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ । 

    यसका लागि माघशुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायणको यात्रा गर्ने व्रतविधि छ । 

    माघशुक्ल एकादशीको रात व्रतालु चाँगुनारायणमा नै बास बसेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij