विनानिष्कर्ष टुङ्गियो सरकारी पक्ष र 'नो केबलकार समूह'बीचको वार्ता, आज गृहमन्त्रीले वार्ता गर्ने

विनानिष्कर्ष टुङ्गियो सरकारी पक्ष र 'नो केबलकार समूह'बीचको वार्ता, आज गृहमन्त्रीले वार्ता गर्ने

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • विनानिष्कर्ष टुङ्गियो सरकारी पक्ष र 'नो केबलकार समूह'बीचको वार्ता, आज गृहमन्त्रीले वार्ता गर्ने

    काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

    ‘आइतबारको वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,’ सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।

    वार्तापछि गृह मन्त्रालयले आइतबार राति विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।

    यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको छ । आज (सोमबार) गृहमन्त्री रमेश लेखकसँग छलफल हुने वार्ता टोलीकी सदस्य सरस्वता सिङ्गक (सरु)ले बताइन् ।

    दुई पक्षबीच यसअघि भएको वार्ता पनि विनानिष्कर्ष टुङ्गिएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij