जनकपुरधामका थप तीनवटा अस्पताल बन्द

जनकपुरधामका थप तीनवटा अस्पताल बन्द

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • जनकपुरधामका थप तीनवटा अस्पताल बन्द

    काठमाडौं । जनकपुरधामका थप तीनवटा अस्पताल बन्द भएका छन् । जनकपुरधामको अरमान हस्पिटल प्रा।लि।, जनकपुर सीता हस्पिटल प्रा.लि. र बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि आइतबार बन्द भएको हो ।

    दर्ताविना संचालितमध्ये सो तीनवटा अस्पतालका सञ्चालकले आफैं ताला लगाएर साँचो मधेश सरकारलाई बुझाएको छन् । उपचारमा चरम लापरबाही गरेको घटना बाहिरिएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमन तथा निर्देशनमा जनकपुरधामको पिडारीचोकस्थित रहेको मुस्कान अस्पताल शनिबार नै बन्द भइसकेको छ ।

    मुख्यमन्त्रीले शनिबार एकैपटक २० वटा निजी अस्पतालमा छड्के अनुगमन गरेका थिए । त्यस क्रममा अधिकांश अस्पताल बिना दर्ता र मापदण्डविपरीत पाइएको थियो ।

    बिना दर्ता चलिरहेको अस्पतालबाट विरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरी सञ्चालक आफै ताल्चा लगाएर आइतबार ११ बजेसम्म साँचो बुझाउन निर्देशन दिँदै नभए सरकारी टोलि परिचालन गरी बन्द गर्ने चेतावनी समेत मुख्यमन्त्री सिंहले दिएका थिए ।

    उनको निर्देशन पालना गर्दै तीनवटा अस्पतालले ताल्चा लगाएर साँचो सरकारलाई बुझाएका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij