फर्पिङमा स्कुल बस दुर्घटना, चालकसहित ४ जनाको मृत्यु

फर्पिङमा स्कुल बस दुर्घटना, चालकसहित ४ जनाको मृत्यु

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • फर्पिङमा स्कुल बस दुर्घटना, चालकसहित ४ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको दक्षिणकालीको फर्पिङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । स्कुल बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हाे ।

    दुर्घटनामा चालक र तीन विद्यार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

    दक्षिणकाली नगरपालिका-३ फर्पिङमा आइतबार दिउँसो ४ बजे जुनकिरी इंग्लिस स्कुलकाका विद्यार्थी सवार बस दुर्घटनामा परेको फर्पिङ प्रहरीले जनाएको छ ।

    बसमा करिब ५० जना विद्यार्थी सवार थिए । घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij