विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

    काठमाडौं । धनगढीमा विद्यालयबाट फर्किदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । बाजुुराबाट अध्ययनका लागि धनगढी धनगढीमा बसेर अध्ययन गर्दै आएकी  १४ बर्षीय किशोरी गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।

    स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

    किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

    पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij