काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौंका लागि छुटेकाे लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ । प्रहरीका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएकाे छ ।