काठमाडौं । अवैध काठसहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–७ मटकौनाबाट ५७.०८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी रहेका छन् ।
उनीहरुले गौरीगंगा साझेदारी वनबाट अवैध रुपमा काठ ल्याएर दिनेश चौधरीको घरमा लुकाएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मसुरियामा बुझाइएको प्रहरीले जनाएको छ ।