काठमाडौं । नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश विपषद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशी छन्। उनको प्राप्तांक सयमा ९७.९९३४ छ।
दोस्रो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तालिम शाखाका इन्स्पेक्टर मिलन बस्नेत छन्। कार्यसम्पादन मूल्यांकनमा उनले ९७.८४३४ नम्बर पाएका छन्।
सूचीको तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत इन्स्पेक्टर राजकुमार सिंह छन्। सिफारिस अनुसार गृह मन्त्रालयले निर्णय गरेपछि बढुवा भएको पदमा पदस्थापन हुनेछन्।