रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । रोल्पामा बोलेरो जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउँपालिका २ घोरनेटा निवासी सीता खड्का रहेकी छन् । 

    माडी गाउँपालिकाबाट दाङतर्फ आउँदै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो गाडी त्रिवेणी गाउँपालिका–७ नन्दीखोला भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ ।

    गाडीमा ५ जना सवार रहेकोमा २ जना बच्चा घाइते भएको र चालकसहित १ जना सकुशल रहेका छन् । गाडीमा सवारको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij