चितुवाको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

चितुवाको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • चितुवाको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

    काठमाडौं । चितुवाको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    लामिछानेलाई घर नजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान चितुवाले आक्रमण गरेको हो । स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा भागेको थियो ।

    लामिछानेलाई स्थानीय बासिन्दाले जिल्ला अस्पताल गुलरिया पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij