काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेको छ । शुक्रबार भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका लागि सदस्य नियुक्त गरेका हुन् ।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लामा एक जना अध्यक्ष, विज्ञ र महिलासहित तीन सदस्य रहने व्यवस्था छ । सोहीबमोजिम मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।
कहाँ को नियुक्त भए ?