काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।
यस्तै, आजै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए/गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।